0%
Loading...

News

रजत जयन्ति समारोह तथा स्मारिका विमोचन कार्यक्रम

2026-07-28
रजत जयन्ति समारोह तथा स्मारिका विमोचन कार्यक्रम
संस्थाको रजत जयन्ती तथा स्मारिका विमोचन समारोहमा प्रमुख अतिथिको रूपमा उपस्थित भई आफ्नो व्यस्त समयका बाबजुद पनि महत्वपूर्ण मार्गदर्शन प्रदान गर्नुहुने गण्डकी प्रदेश सरकार, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका माननीय मन्त्री श्री भीम कार्कीज्यू प्रति संस्थाको तर्फबाट हार्दिक कृतज्ञता तथा विशेष धन्यवाद व्यक्त गर्दछौं। त्यसैगरी उक्त कार्यक्रममा उपस्थित सम्पूर्ण विशिष्ट अतिथिज्यूहरू, अतिथिज्यूहरू, पूर्व अध्यक्षज्यूहरू, पूर्व सञ्चालक तथा पदाधिकारीज्यूहरू, विभिन्न संघ-संस्थाका प्रतिनिधिज्यूहरू, शेयर सदस्यज्यूहरू, शुभेच्छुक महानुभावहरू, सञ्चारकर्मी मित्रहरू तथा प्रत्यक्ष-अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरूप्रति संस्थाको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछौं। यस संस्थाको २५ वर्षे गौरवपूर्ण यात्रालाई स्मरणीय बनाउने यस रजत जयन्ती तथा स्मारिका विमोचन समारोहको सफलतामा यहाँहरूको साथ, सहयोग, सहभागिता र शुभेच्छाले महत्वपूर्ण योगदान पुर्‍याएको छ, जसप्रति हामी सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दछौं। अन्त्यमा, उक्त समारोहलाई सफलतापूर्वक सम्पन्न गर्न अहोरात्र खटिनुहुने आयोजक टोली, कर्मचारीहरू तथा प्रत्यक्ष-अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरूप्रति विशेष धन्यवाद व्यक्त गर्दछौं।
Share:
?
Help Assistant

Hello! How can I help you today?

Frequently Asked Questions

Need more help?

Contact Us