0%
लोड हुँदैछ...
सूचना

समाचार विवरण

२५ औं बार्षिक साधारण सभा

2026-07-28
२५ औं बार्षिक साधारण सभा
संस्थाको २५ औं वार्षिक साधारण सभा यही मिति २०८२ पौष १६ देखि १९ गते सम्म गरी ३ दिन कार्यक्रम संचालन भएको छ। सभाको अन्तिम दिन यस कार्यक्रम पोखरा १९ मा रहेको नव आदर्श सामुदायिक भवनमा सम्पन्न भएको थियो, जसमा कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष नविन भण्डारी ज्यू र प्रमुख अतिथि संस्थाका पूर्व अध्यक्ष तथा पोखरा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डे ज्यू रहनुभएको थियो। कार्यक्रममा अध्यक्ष, सचिव, कोषाध्यक्ष र लेखा समितिका संयोजकले आफ्नो प्रतिवेदन पढेर सुनाई उक्त प्रतिवेदन प्रति सभामा वृहत छलफल तथा पारित गरियो। त्यसैगरि कार्यक्रममा २९ जना जेष्ठ सदस्यलाई प्रोत्साहन स्वरूप भत्ता वितरण, ६ जना पूर्व कर्मचारी बिधाई, उत्कृष्ठ बचतकर्ता, लगानीकर्ता र उत्कृष्ठ कर्मचारी सम्मान राखिएको थियो। कार्यक्रमको संचालन संस्थाका सचिव बुद्धि बहादुर खत्री छेत्री ज्युले गर्नुभएको थियो, भने स्वागत मन्तव्य उपाध्यक्ष दिल बहादुर थापाले गर्नुभएको थियो साथै अन्य शेयर सदस्य र कार्यालय व्यवस्थापकले आफ्नो मन्तव्य राख्नुभएको थियो।
सेयर गर्नुहोस्:
?
सहायता केन्द्र

नमस्कार! आज म तपाईंलाई कसरी मद्दत गर्न सक्छु?

बारम्बार सोधिने प्रश्नहरू

थप सहायता चाहिन्छ?

सम्पर्क गर्नुहोस्

खोज्नुहोस्

टाइप गर्नुहोस् वा माइकबाट बोल्नुहोस्