0%
लोड हुँदैछ...

समाचार

संस्थाको २६ औं साधारण सभा तथा ९ औं अधिवेसन

2026-09-17
संस्थाको २६ औं साधारण सभा तथा ९ औं अधिवेसन
पोखरा । जय मनकामना बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा बुद्धिबहादुर खत्री क्षेत्री निर्वाचित भएका छन् । संस्थाको शनिबार २६ औं वार्षिक साधारणसभा एवं नवौं अधिवेशनले उनको अध्यक्षतामा नयाँ सञ्चालक समिति सर्वसम्मत् निर्वाचित गरेको हो । संचालक समिति उपाध्यक्षमा कमलबहादुर थापा, सचिव राजुबहादुर भण्डारी र कोषाध्यक्ष वेदकुमारी भण्डारी छन् । सदस्य लीला श्रेष्ठ, जान्हवीदेवी आचार्य, रमा भण्डारी केसी, हरिबहादुर बरुवाल र सुजन पाण्डे चयन भए । लेखा सुपरीवेक्षण समिति संयोजकमा टंकप्रसाद अधिकारी तथा सदस्य रामजी सिके र किसान कँडेल छन् । वरिष्ठ अधिवक्ता विष्णुप्रसाद शर्मा संयोजक रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति सर्वसम्मत् चयन गरेको हो । निर्वाचन समिति सदस्यमा होमबहादुर बानियाँ र केशवप्रसाद आचार्य थिए । पोखरा–१९, लामाचौरस्थित जय मनकामना सहकारी संस्था २०५५ सालमा स्थापना भई २०५७ जेठ १७ मा तत्कालीन सहकारी डिभिजन कार्यालयमा औपचारिक रुपमा दर्ता भएको थियो । यसका संस्थापक अध्यक्ष पूर्णबहादुर पाण्डे हुन् । संस्थाले गत १७ जेठमा स्थापनाको रजत जयन्ती मनाएको थियो । संस्थाको आफ्नै सुविधासम्पन्न भवन छ । आगामी ४ वर्षे कार्यकालका निर्वाचित लामाचौर निवासी खत्रीसँग विभिन्न संघसंस्थामा पनि नेतृत्व गरेको अनुभव छ । उनी नव आदर्श सामुदायिक विकास समाजका पूर्व अध्यक्ष हुन् । यसैगरी, एन्फा कास्कीका पूर्व महासचिव हुन् । उनी स्थापनाकालदेखि नै संस्थाका शेयर सदस्य हुन् । २०६५ सालमा संस्थाको महिला लघुवित्त संचालक भएका उनी सहकारीमा क्रमशः लेखासमिति सदस्य, संचालक समिति सदस्य, कोषाध्यक्ष र सचिव भएका थिए । आफ्नो कार्यकालमा उनले सदस्यमैत्री कारोबार सञ्चालन गर्ने, सदस्यहरुको शेयर लगानी सुरक्षित गर्दै आयआर्जनका लागि उत्पादन गरिने जनाएका छन् । साथै, संस्थालाई सुदृढ बनाउँदै सबैसँग सहकार्य गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । सहकारीका ज्येष्ठ महिला सदस्य लीला भण्डारी (८७ वर्ष) को प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विशेष अतिथि अर्का ज्येष्ठ सदस्य रामकुमारी गुरुङ थिइन् । सहकारी अध्यक्ष नवीन भण्डारीको अध्यक्षतामा भएको समारोहमा पूर्व अध्यक्षहरुको तर्फबाट निवर्तमान अध्यक्ष सञ्जय अधिकारी, शेयर सदस्यको तर्फबाट कृष्णप्रसाद अधिकारी, लेखा सुपरीवेक्षण समितिका संयोजक स्वागतसिंह भण्डारी, उपाध्यक्ष दिलबहादुर थापासमेतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम संचालन सचिव बुद्धि खत्रीले गरे । सो अवसरमा पोखरा १९ का वडाध्यक्ष एवं सहकारीका पूर्व अध्यक्ष पुष्पेन्द्र पाण्डे, सहकारीका सल्लाहकार, सञ्चालक समिति, शेयर सदस्यसमेतको उपस्थिति थियो। सहकारीका हाल २३८६ शेयर सदस्य छन् ।
सेयर गर्नुहोस्:
?
सहायता केन्द्र

नमस्कार! आज म तपाईंलाई कसरी मद्दत गर्न सक्छु?

बारम्बार सोधिने प्रश्नहरू

थप सहायता चाहिन्छ?

सम्पर्क गर्नुहोस्