0%
लोड हुँदैछ...
सूचना

हाम्रो सेवाहरू

हाम्रा सेवाहरू

हामीले प्रदान गर्ने सेवाहरू

तपाईंको वित्तीय आवश्यकताहरू पूरा गर्न हामी यहाँ छौं

सदस्य सेवा

जेष्ठ सदस्य भत्ता वितरण

संस्थाको नियमित कारोबार गर्ने ७० वर्ष उमेर पूरा भएका सदस्यहरूको सम्मान तथा निरन्तर सक्रिय सहभागितालाई प्रोत्साहन गर्ने उद्देश्यले, त्यस्ता सदस्यहरूलाई संस्थाको नियमित कारोबारको आधारमा मासिक रु. ५०० (पाँच सय रुपैयाँ) ज्येष्ठ सदस्य प्रोत्साहन भत्ता उपलब्ध गरिन्छ l

शेयर सदस्य भेटी कार्यक्रम

संस्थाका शेयर सदस्यहरूसँग प्रत्यक्ष भेटघाट गरी संस्थाप्रतिको अपनत्व, विश्वास तथा सम्बन्धलाई थप सुदृढ बनाउने, सदस्यहरूको गुनासा, सुझाव तथा आवश्यकताहरू संकलन गर्ने, संस्थाका सेवा तथा सुविधाबारे जानकारी गराउने र सदस्य सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले "शेयर सदस्य भेटी कार्यक्रम" सञ्चालन गरिएको छ ।

बाल बचत अन्तर्गत केक प्रदान कार्यक्रम

संस्थामा सञ्चालित बाल बचत योजना अन्तर्गत आबद्ध बाल बचतकर्ताहरूको जन्मदिनको अवसरमा शुभकामना तथा सम्मान व्यक्त गर्दै बचत गर्ने संस्कृतिलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रत्येक बाल बचतकर्तालाई जन्मदिनको अवसरमा जन्मदिन केक प्रदान गर्ने कार्यक्रम सञ्चालन गरिनेछ।

अन्य सेवाहरू

मनकामना बिशेष बचत

यो खाता न्युनतम रु १००/- बाट सुरु गर्न सकिनेछ। यस मनकामना बिशेष खातामा आफ्नो इच्छा अनुसार रकम राख्ने र संस्थाको बचत निति अनुसार रकम झिक्न पाइने छ। यो बचत खाता अर्न्तगत मासीक न्युनतम बचत मौज्दातमा वार्षिक व्याजदर संस्थाको संचालक समितिले तोके बमोजिम व्याज पाइने छ। न्यूनतम मौज्दात: रु. १००।–

साधारण बचत

यो खाता न्युनतम रु १००/- बाट सुरु गर्न सकिनेछ। यस साधारण बचत खातामा आफ्नो इच्छा अनुसार रकम राख्ने र संस्थाको बचत निति अनुसार रकम झिक्न पाइने छ। न्यूनतम मौज्दात: रु. १००।–

नियमित बचत

यो खाता न्युनतम रु १००/- बाट सुरु गर्न सकिनेछ। यस नियमित बचत खातामा आफ्नो इच्छा अनुसार रकम राख्ने र संस्थाको बचत निति अनुसार रकम झिक्न पाइने छ। न्यूनतम मौज्दात: रु. १००।–

मनकामना बाल बचत

यो खाता न्युनतम रु १००/- बाट सुरु गर्न सकिनेछ। यस मनकामना बाल खातामा आफ्नो इच्छा अनुसार रकम राख्ने र संस्थाको बचत निति अनुसार रकम झिक्न पाइने छ। न्यूनतम मौज्दात: रु. १००।–

दैनिक बचत

यो खाता न्युनतम रु १००/- बाट सुरु गर्न सकिनेछ। यस साधारण बचत खातामा आफ्नो इच्छा अनुसार रकम राख्ने र संस्थाको बचत निति अनुसार रकम झिक्न पाइने छ। न्यूनतम मौज्दात: रु. १००।–

मनकामना नारी बचत

यो खाता न्युनतम रु १००/- बाट सुरु गर्न सकिनेछ। यस बचत खातामा आफ्नो इच्छा अनुसार रकम राख्ने र संस्थाको बचत निति अनुसार रकम झिक्न पाइने छ। न्यूनतम मौज्दात: रु. १००।–

मनकामना पेन्सन बचत

यो खाता न्युनतम रु १०००/- बाट सुरु गर्न सकिनेछ। यस मनकामना पेन्सन खातामा आफ्नो इच्छा अनुसार रकम राख्ने र संस्थाको बचत निति अनुसार रकम झिक्न पाइने छ। न्यूनतम मौज्दात: रु. १०००।–

सँस्थागत बचत

यो खाता न्युनतम रु १०००/- बाट सुरु गर्न सकिनेछ। यस खातामा आफ्नो इच्छा अनुसार रकम राख्ने र संस्थाको बचत निति अनुसार रकम झिक्न पाइने छ। न्यूनतम मौज्दात: रु. १०००।–

कृषि ऋण

एकीकृत कृषि कुखुरापालन, बँगुरपालन, माछापालन, हाँसपालन, मौरीपालन, कृषि वन, तरकारी खेती, फलफुल खेती, नगदेवाली, खाद्यान्न बाली, कृषि औजार खरिद, मलखाद खरिद, च्याउ खेती, पुष्प खेती, कफी खेती, चिया खेती, नर्सरीलाई कृषि ऋण भनिनेछ। सहकारी ऐन तथा नियमावलीसँग नबाझिने गरी पूँजीकोषको १० प्रतिशत नबढ्नेगरी संस्थाले ऋण लगानी गर्न सक्नेछ। व्याजदर र अबधि समितिले तोके बमोजिम हुनेछ।

औद्योगिक ऋण

सदस्यहरुले साना तथा मझौला उधोग संचालन गर्न आवश्यक पर्ने ऋणलाई औधोगिक ऋण भनिन्छ। यस प्रकारको ऋणको अवधि अधिकतम ८ वर्षको हुनेछ। पूँजीकोषको १० प्रतिशत नबढ्नेगरी संस्थाले ऋण लगानी गर्न सक्नेछ। व्याजदर समितिले तोके बमोजिम हुनेछ।

व्यापार ऋण

आयत, निर्यात, होलसेल व्यापार, मिनि सुपर मार्केट, हस्तकला व्यापार, सुनचाँदी व्यापार, मझौला खालका खरीद तथा बिक्रिजन्य पसलहरु लगायतका व्यापारमा प्रदान गरिने ऋणलाई व्यापार ऋण भनिनेछ। यस ऋणमा व्यवसायिक फर्म दर्ताको कागज अनिवार्य रुपमा पेश गर्नुपर्नेछ। यस प्रकारको ऋणको अवधि अधिकतम ८ वर्षको हुनेछ।

बैदेशिक रोजगार ऋण

सदस्य वा निजको एकाघरका परिवारको सदस्य रोजगारीका लागि विदेशमा जान (श्रम ईजाजत पत्र र भिसा प्राप्त भए पछि मात्र) को लागि दिइने ऋणका लागि बैदेशिक रोजगार ऋण भनिनेछ। अवधि अधिकतम १० वर्षको हुनेछ। ऋणको भुक्तानी अनिवार्य मासिक किस्ताबन्दीमा गर्नुपर्नेछ।

हायर पर्चेज ऋण

संस्थाका स्वामित्वमा आउन सक्ने खालका निजी प्रयोजन वा व्यवसायिक प्रयोजनका लागि सवारी साधन खरीद गर्नको लागि प्रदान गरिने ऋणलाई हायर पर्चेज ऋण भनिनेछ। अवधि अधिकतम ७ वर्षको हुनेछ, तर मोटरसाइकल र स्कुटरको हकमा ३ वर्षसम्मको मात्र हुनेछ।

शैक्षिक ऋण

स्वदेशी तथा विदेशी उच्च शिक्षाको लागि प्रदान गरिने ऋणलाई शैक्षिक ऋण भनिन्छ। ऋणी सदस्य वा परिवारको भरपर्दो स्थायी आयश्रोत हुनु पर्नेछ। अवधि अधिकतम ८ वर्षको हुनेछ। अधिकतम रु. ५०,००,०००।– (पचास लाख मात्र) सम्म लगानी गरिनेछ।

घर/जग्गा ऋण

सदस्यहरुले व्यक्तिगत प्रयोजनका लागि सम्पत्ति जोड्न जग्गा खरिद वा घर निर्माण कार्यका लागि प्रदान गरिनेछ। अवधि अधिकतम १२ वर्षको हुनेछ। संस्थाको कूल पूँजी कोषको अधिकतम १० प्रतिशत भन्दा बढी हुनेछैन्।

स्वास्थ्य ऋण

स्वास्थ्य नै सबैभन्दा ठूलो धनको भन्ने अभिप्रायले यस संस्थाका शेयर सदस्य वा निजको परिवारको स्वास्थ्यमा समस्या आएमा स्वास्थ्य ऋण प्रदान गरिनेछ। सदस्यलाई घातक रोग लागेको आधिकारीक कागजात पेश गरेमा अन्य दुई जना सदस्यहरुको जमानीमा रु. ५,००,००० (पाँच लाख) सम्म विना धितो समेत सदस्यले प्राप्त गर्नेछन्। धितो मार्फत स्वास्थ्य ऋण प्रदान गर्दा अधिकतम तोकेको व्याज भन्दा २% कम व्याज लाग्ने छ।

कुनै प्रश्न छ?

हाम्रो सेवाहरूको बारेमा थप जानकारीको लागि हामीलाई सम्पर्क गर्नुहोस्।

?
सहायता केन्द्र

नमस्कार! आज म तपाईंलाई कसरी मद्दत गर्न सक्छु?

बारम्बार सोधिने प्रश्नहरू

थप सहायता चाहिन्छ?

सम्पर्क गर्नुहोस्

खोज्नुहोस्

टाइप गर्नुहोस् वा माइकबाट बोल्नुहोस्