0%
लोड हुँदैछ...
सूचना

हाम्रो परिचय

हामी समुदायमा आधारित एक अग्रणी वित्तीय संस्था हौं जसले आफ्ना सदस्यहरूलाई विभिन्न वित्तीय सेवाहरू प्रदान गर्दै सहकारिताको भावनालाई प्रवर्द्धन गर्दै आइरहेको छ।

विश्वासको यात्रा
हाम्रो बारेमा
2057 स्थापना
2057
फोटो उपलब्ध छैन — कृपया फोटो थप्नुहोस्

हाम्रो इतिहास

सहकारीका माध्यमबाट सहकार्य गर्न सकिने अभिप्रायले उद्यमशिलता विकास आर्थिक तथा सामाजिक स्तर अभिवृद्धिका लागि उत्साही उद्यमी तथा बुद्धिजिविहरुको अगुवाइमा यस जय मनकामना वचत तथा ऋण सहकारी सस्था २०५५ सालदेखि अनौपचारिक रुपमा छरिएरर रहेको पूँजीलाई एकिकृत गरी बचत संकलन तथा ऋण प्रवाह गर्दै नेपाल सरकार सहकारी तथा गरिवी निवारण मन्त्रालय सहकारी विभाग सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयमा दर्ता ऐन २०४८ बमोजिम २०५७ साल जेष्ठ १७ गते विधिवत् रुपमा स्थापना भएको हो । समान आकांक्षा र उद्देश्य भएका सदस्यहरु बिच समन्वय र सहकार्य गर्दै निरन्तर रुपमा उत्कृष्ट वित्तिय कारोबार सञ्चालनमा रहेको यस सहकारी संस्थाले कास्की जिल्ला भर कार्यक्षेत्र प्राप्त गरेको छ । जिल्ला भित्र ५ वटा सेवा केन्द्र सञ्चालनको स्वीकृत प्राप्त भई हाल एउटा सेवा केन्द्र सञ्चालनमा रहेको छन् । पोखरा महानगरपालिका वडा नं. १९ लामाचौरमा मुख्य कार्यालय रहेको यस सहकारी संस्थाले राज्य पुर्नसंरचनासँगै गण्डकी प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, सहकारी रजिष्ट्रारकोकार्यालय मातहतमा आवद्ध भै सञ्चालन भएको छ ।
हाम्रो उद्देश्य

दृष्टि र लक्ष्य

हाम्रो दृष्टिकोण

समुदायमा सबैभन्दा विश्वसनीय र रुचाइएको सहकारी संस्था बन्नु।

हाम्रो लक्ष्य

सहकारिताको भावनालाई प्रवर्द्धन गर्दै सदस्यहरूलाई उनीहरूको वित्तीय लक्ष्य हासिल गर्न मद्दत गर्ने गुणस्तरीय वित्तीय सेवा प्रदान गर्नु।

नेतृत्व

नेतृत्वबाट सन्देश

हाम्रो अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतका शब्दहरू

NABIN BHANDARI

NABIN BHANDARI

अध्यक्ष

सहकारी स–सानो पूँजीलाई एकिकृत गरी त्यसको समुच्चा परिचालनबाट सामूहिक रुपमा सञ्चालनगरिने व्यवसाय भएको हुनाले नेपालमा यसको प्रयोग सफल हुने देखिन्छ । नेपाल जस्तो अल्पविकसित मुलुकमा सहकारी व्यवसायका माध्ययमबाट आर्थिक समृद्धि, सामाजिक रुपान्तरण र सांस्कृतिक जर्गेनाको प्राप्त हुन सक्ने सम्भावनालाई पछिल्लो चरणमा राज्य र राज्य सञ्चालकहरुको दृष्टि पुग्न थालेको छ ।
त्यसैले नै नेपालको संविधानमा नै समाजवाद उन्मुख अर्थतन्त्रको परिकल्पना गरेको अवस्था र नेपाल तीन खम्बे अर्थनीति अवलम्बन गरिरहेको छ । यस परिप्रेक्षमा समुदायमा आधारित सहकारी संस्थाहरुको दायित्व केवल व्यवसाय सञ्चालन गरेर मात्र पूरा नहुने भएको छ । आत्मनिर्भर अर्थतन्त्र, अन्तरनिर्भर समाज निर्माण सहकारीले मात्र योगदान गर्न सक्ने कुरालाई दृष्टिगत गरी तदनुरुप पाइला चाल्नुपर्ने जिम्मेवारी बढेको छ व्यवसाय वा सहकारी प्रणाली समाजवादी व्यवस्थाका आधार हुन भन्ने विषयमा आज सबै जना सहमत छन ।
जय सहकारी 

ASHOK BASNET

ASHOK BASNET

प्रमुख कार्यकारी अधिकृत

वित्तिय संस्था संचालन प्रक्रियालाई जिवन्त रुप दिन संस्थामा कार्य गर्ने सिंगो व्यवस्थापनको क्षमता चुस्त, दुरुस्त, पारदर्शी लगनशिल र सिकेका सिपहरुको कार्यान्वयनमा ध्यान दिई उत्पादकत्वमा वृद्धि गर्न सक्षम हुनुपर्छ । आजको यो प्रतिस्पर्धात्मक र उत्कृष्टताको समयमा संस्थाको फराकिलो सोचलाईपुरा गर्नको लागि निश्चित रुपमा जय मनकामना साकोसको व्यवस्थापन निक्कै नै सक्षम, गतिशिल, प्रभावकारी र आधुनिक हुन जरुरी छ भन्ने कुरामा सचेत रहँदै व्यवस्थापनको नेतृत्वदायी भूमिकाको
हैसियतले प्रभावकारी व्यवस्थापन संस्कारको विकास गर्दै संस्था को रणनीतिक योजनाहरुद्वारा समुदायमागुणस्तरीय, सदस्य केन्द्रित, वित्तीय सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छौं ।
साथै हामी व्यवस्थापन पक्षले आगामी दिनमा संस्थाको सेवालाई स्वच्छ, प्रतिष्पर्धी, प्रविधिमैत्री, छिटो छरितो बनाउदै, यहाँले दिनुभएको जिम्मेबारीलाई पुर्ण रुपमा सदुपयोग गरी सहकारी सिद्धान्तलाई शिरोपर गर्दै यस संस्थालाई प्रदेशकै नमुना सहकारी बनाउन हाम्रो हरदम प्रयास रहने नै छ । यस अभियानमायहाँहरुको साथ र सहयोगको अपेक्षा गर्दे सुरक्षित, भरपर्दो र नमूना संस्थाको रुपमा अझैं चिरपरिचित बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गर्न चाहन्छौं ।जय सहकारी

मूल्यहरू

हाम्रो मूल मान्यताहरू

इमानदारिता
पारदर्शिता
सहयोग
उत्कृष्टता
समिति

सञ्चालक समिति

हाम्रो संस्थाको नेतृत्व गर्ने समिति

SANJAY KUMAR ADHIKARI
SANJAY KUMAR ADHIKARI

SANJAY KUMAR ADHIKARI

नि. वर्तमान अध्यक्ष
दिल बहादुर थापा
दिल बहादुर थापा
उपाध्यक्ष
बुद्धि बहादुर खत्री क्षेत्री
बुद्धि बहादुर खत्री क्षेत्री
सचिव
कमल बहादुर थापा
कमल बहादुर थापा
कोषाध्यक्ष
बेद कुमारी भण्डारी
बेद कुमारी भण्डारी
संचालक
पूर्ण बहादुर बानियाँ
पूर्ण बहादुर बानियाँ
संचालक
डम्बरमान सिंह भण्डारी
डम्बरमान सिंह भण्डारी
संचालक
नवराज पाण्डे
नवराज पाण्डे
संचालक
उमेशचन्द्र देवकोटा
उमेशचन्द्र देवकोटा
संचालक
भरत बहादुर खत्री
भरत बहादुर खत्री
संचालक
बिमलमान सिंह भण्डारी
बिमलमान सिंह भण्डारी
संचालक
रमा भण्डारी के.सी
रमा भण्डारी के.सी
संचालक
बिष्ण कुमारी गुरुङ
बिष्ण कुमारी गुरुङ
संचालक
3200+
सदस्यहरू
25+
वर्षको अनुभव
20+
सेवाहरू
99.99%
सन्तुष्ट ग्राहक
?
सहायता केन्द्र

नमस्कार! आज म तपाईंलाई कसरी मद्दत गर्न सक्छु?

बारम्बार सोधिने प्रश्नहरू

थप सहायता चाहिन्छ?

सम्पर्क गर्नुहोस्