0%
Loading...

एतिहासिक पृष्ठभूमी

सहकारीका माध्यमबाट सहकार्य गर्न सकिने अभिप्रायले उद्यमशिलता विकास आर्थिक तथा सामाजिक स्तर अभिवृद्धिका लागि उत्साही उद्यमी तथा बुद्धिजिविहरुको अगुवाइमा यस जय मनकामना वचत तथा ऋण सहकारी सस्था २०५५ सालदेखि अनौपचारिक रुपमा छरिएर रहेको पूँजीलाई एकिकृत गरी बचत संकलन तथा ऋण प्रवाह गर्दै नेपाल सरकार सहकारी तथा गरिवी निवारण मन्त्रालय सहकारी विभाग सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयमा दर्ता ऐन २०४८ बमोजिम २०५७ साल जेष्ठ १७ गते विधिवत् रुपमा स्थापना भएको हो। समान आकांक्षा र उद्देश्य भएका सदस्यहरु बिच समन्वय र सहकार्य गर्दै निरन्तर रुपमा उत्कृष्ट वित्तिय कारोबार सञ्चालनमा रहेको यस सहकारी संस्थाले कास्की जिल्ला भर कार्यक्षेत्र प्राप्त गरेको छ। जिल्ला भित्र ५ वटा सेवा केन्द्र सञ्चालनको स्वीकृत प्राप्त भई हाल एउटा सेवा केन्द्र सञ्चालनमा रहेको छन्। पोखरा महानगरपालिका वडा नं. १९ लामाचौरमा मुख्य कार्यालय रहेको यस सहकारी संस्थाले राज्य पुर्नसंरचनासँगै गण्डकी प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, सहकारी रजिष्ट्रारको कार्यालय मातहतमा आवद्ध भै सञ्चालन भएको छ।

?
Help Assistant

Hello! How can I help you today?

Frequently Asked Questions

Need more help?

Contact Us