0%
Loading...

अध्यक्षको मन्तव्य

सहकारी स-सानो पूँजीलाई एकिकृत गरी त्यसको समुच्चा परिचालनबाट सामूहिक रुपमा सञ्चालन गरिने व्यवसाय भएको हुनाले नेपालमा यसको प्रयोग सफल हुने देखिन्छ। नेपाल जस्तो अल्पविकसित मुलुकमा सहकारी व्यवसायका माध्ययमबाट आर्थिक समृद्धि, सामाजिक रुपान्तरण र सांस्कृतिक जर्गेनाको प्राप्त हुन सक्ने सम्भावनालाई पछिल्लो चरणमा राज्य र राज्य सञ्चालकहरुको दृष्टि पुग्न थालेको छ। त्यसैले नै नेपालको संविधानमा नै समाजवाद उन्मुख अर्थतन्त्रको परिकल्पना गरेको अवस्था र नेपाल तीन खम्बे अर्थनीति अवलम्बन गरिरहेको छ। यस परिप्रेक्षमा समुदायमा आधारित सहकारी संस्थाहरुको दायित्व केवल व्यवसाय सञ्चालन गरेर मात्र पूरा नहुने भएको छ। आत्मनिर्भर अर्थतन्त्र, अन्तरनिर्भर समाज निर्माण सहकारीले मात्र योगदान गर्न सक्ने कुरालाई दृष्टिगत गरी तदनुरुप पाइला चाल्नुपर्ने जिम्मेवारी बढेको छ। व्यवसाय वा सहकारी प्रणाली समाजवादी व्यवस्थाका आधार हुन भन्ने विषयमा आज सबै जना सहमत छन्। — नबिन भण्डारी (अध्यक्ष)

?
Help Assistant

Hello! How can I help you today?

Frequently Asked Questions

Need more help?

Contact Us